इंग्लिस प्रिमियर लिगमा लिभपुल बराबरीमा रोकिएको छ। शानिबार राति भएको खेलमा लिभरपुल एन्डफिल्डमै फुलहमसँग २-२ गोलको बाराबरीमा रोकिएको हो।
१० खेलाडीमा समेटिएको लिभरपुलले २ पटक पछि परेको अवस्थामा खेल बराबरी गरेको हो। खेलमा फुलहमका आन्द्रेस परेरा र रोड्रिगो मुनेजले गोल गरेका थिए भने लिभरपुलका कोडी ग्याप्को र डिएगो जोटाले गोल गरे।
खेलमा अग्रता फुलहमले लियो। ११औं मिनेटमा उसका परेराले गोल वरेका थिए। १७औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। उसका एन्ड्रयू रोबर्टसनले ह्यारी विल्सनलाई फाउल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए।
त्यसपछि थप दबाबमा परेको लिभरपुलले दोस्रो हाफको सुरुआतमै बराबरी गोल फर्कायो। ४७औं मिनेृटमा उसको गाप्कोले गोल गरेका थिए।
७६औं मिनेटमा मुनेजले गोल गर्दै खेलमा पुनः फुलहमलाई अग्रता दिलाए। तर, ७६औं मिनेटमा डिएगो जोटाले डार्विन नुनेजका पासमा गोल गर्दै लिभरपुललाई हारबाट जोगाए।
यो बराबरीपछि पनि लिभरपुल शीर्ष स्थानमै छ। लिभरपुलको १५ खेलमा ३६ अंक छ। उसले दास्रो स्थानको चेल्सीसँग ५ अंकको अग्रता बनाएको छ। यता, फुलहम भने २४ अंकसहित नवौं स्थानमा छ।