म्यान्चेस्टर डर्बीमा युनाइटेडको रोमाञ्चक जित

16 Dec, 2024
Share:
117 Shares

प्रिमियर लिगको म्यान्चेस्टर डर्बीमा युनाइटेडले रोमाञ्चक जित निकालेको छ।

आइतबार राति भएको खेलमा सुरुआतमै खेलमा पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले सिटीलाई उसकै मैदानमा २–१ले हरायो।

खेलमा सिटीका लागि जस्को ग्वार्डिओलले गोल गरेका थिए भने युनायटेडका ब्रुनो फर्नान्डेस र अमाड डियालोले गोल गरेका थिए।

खेलको ३६औं मिनेटमा ग्वार्डिओलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको थियो।

खेलमा सिटी जिततर्फ अग्रसर भइरहेको अवस्थामा अन्तिम २ मिनेटमा २ गोल गर्दै युनाइटेडले सिटीलाई घरमै स्तब्ध बनायो। ८८औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो जसमा ब्रुनोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ९०औं मिनेटमा डियालोले गोल गरेपछि युनाइटेड विजयी भयो।

यो जितसँगै युनाइटेडको १६ खेलमा २२ अंक भएको छ र १३औं स्थानमा छ । १६ खेलमा २७ अंक भएको सिटी पाँचौं स्थानमा झरेको छ।