बार्सिलोना घरमै लेगानेससँग पराजित, एट्लेटिको विजयी

16 Dec, 2024

स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना रेलिगेसन जोनको लेगानेससँग १–०ले पराजित भयो।

योसँगै बार्सिलोनाको शीर्ष स्थान पनि खतरामा परेको छ। आगामी खेलमा रियल र एट्लेटिको मड्रिड मध्ये एकले जित निकाले उसले शीर्ष स्थान गुमाउने छ।

१८ खेलमा बार्सिालनोको ३८ अंक छ भने १७ खेल खेलेका एट्लेटिकोको ३८ र रियलको ३७ अंक छ।

बार्सिलोनालाई क्याम्पनेउमा हराउने क्रममा लेगानेसका सर्जियो गोन्जालेसले चौथो मिनेटमै गोल गरेका थिए। त्यही अग्रतालाई जोगाउँदै लेगानेसले जित निकाल्यो।

यता, अर्को खेलमा एट्लेटिकोले गेटाफेलाई १–०ले नै हरायो। उसका लागि ६९औं मिनेटमा अलेक्जान्डर सोर्लोथले गोल गरेका थिए।

अन्य खेलमा एथ्लेकिटक क्लब र अलाभोसले १–१ गोलको बराबरी खेल्दा रियल सोसिडाड लस पाल्मससँग गोलरहित बराबरीमा रोकियो। यता, रियल बेटिसले भिल्लारियललाई २–१ले हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]