भुटानसँगको मैत्रीपूर्ण खेलका यू–१९ महिला टिमको घोषणा

16 Dec, 2024

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१९ महिला फुटबल टिमको घोषणा गरेको छ।

भुटानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले सोमबार २३ सदस्यीय यू–१९ महिला फुटबल टिमको घोषणा गरेको हो।

केही दिनको प्रशिक्षण पश्चात एन्फाले टिम घोषणा गरेको हो।

नेपाल र भुटानबीचको खेल आगामी आइतबार दशरथ रंगशालमा हुनेछ।

नेपाली टिम : लिला जोशी, करुण बूढाथोकी र सुजाता तामाङ (गोलकिपर) सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिमरन राई, सरिताकुमारी नाथ, माया मास्के (डिफेन्डर), झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ (मिडफिल्डर), कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लीला चन्द, सुक्रिया मियाँ, वर्षा ओली र पूर्णिमा राई (स्ट्राइकर)

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]