लिभरपुल, आर्सनल र न्युकासल कारबाओ कपको सेमिफाइनलमा

19 Dec, 2024

लिभरपुल, आर्सनल र न्युकासल युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार राति भएको खेलमा जित निकाल्दै यी तीन टिमले अन्तिम चारमा स्थान बनाएका हुन्।

बुधाबर राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई उसकै मैदानमा २–१ले हरायो। खेलम लिभरपुलका लागि डार्विन नुनेज र हार्वे इलियटले गोल गरेका थिए। यता, साउथह्याम्पटनका क्यामेरोन आर्चरले गोल गरेका थिए।

खेलमा नुनेजले २४औं मिनोटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ३२औं मिनेटमा इलियटले लिभरपुलको अग्रता दोब्बर बनाए। ५९औं मिनेटमा आर्चरले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काउने प्रयास गरे भने त्यो सम्भव भएन।

यस्तै, अर्के खेलमा अर्सननले ग्याब्रियल जेसुसको ह्याट्रिक मद्दतमा क्रिस्टलप्यालेसमाथि ३–२को जित निकाल्यो।

खेलमा चौथो मिनेटमै जेअन फिलिप मटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। तर, दोस्रो हाफमा आर्सनल खेलमा फर्कियो। उसका लागि जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–१को सहज अवस्थामा ल्याए।

तर, ८५औं मिनेटमा एडिइ एनकेइटाले गोल गर्दै प्यालेखसलाई खेलमा फर्काउने प्रयास गरे। तर थप गोल भने हुन सकेन।

यस्तै, सेमिफाइनल यात्रा तय गर्ने क्रममा न्युकासलले ब्रेनफोर्डको चुनौती ३–१ले पन्छायो। न्युकासलका लागि सान्ड्रो टोनालीले ९ र ४३ तथा फाबियन सारले ६९औं मिनेटमा गोल गरेका थिए भने ब्रेनफोर्डका योअन विसाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

क्वार्टरफाइनलको तेस्रो खेलमा आज राति टोटनहम र म्यान्चेस्टर युनाइटेड भीड्नेछन्।