बार्सिलोनालाई हराउँदै एट्लेटिको ला लिगको शीर्ष स्थानमा

22 Dec, 2024

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा लिग लिग बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो।

शनिबार राति एट्लेटिकोले बार्सिलोनलाई उसकै मैदान क्याम्प नेउमा २–१ले हरायो। एट्लेटिकोले बार्सिालेनामाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। एट्लेटिकोका लागि रोड्रिगो डे पाउल र अलेक्जान्डर सोर्लेथले गोल गरेका थिए भने बार्सिालनोका पेड्रीले गोल गरेका थिए।

३०औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। तर, दोस्रो हाफमा भने एट्लेटिकोले पुनरागमन गरेको थियो।

६०औं मिनेटमा डे पाउलले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याएका थिए। इन्जुरी समयको छैठौं मिनेटमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई २–१को जित दिलाए।

यो जितसँगै एट्लेटिको बार्सिलोनालाई नै पछि पर्दै शीर्ष स्थानमा उक्लिएको छ। १८ खेलमा एट्लेटिकोको ४१ अंक छ भने १९ खेलमा बार्सिलोनाको ३८ अंक छ। यता, १७ खेलमा ३७ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]