साकाको चोट बारे आर्टेटाले भन्छन्– यो हाम्रा लागि ठूलो झट्का हो

25 Dec, 2024
Share:
117 Shares

आर्सनल स्टार बुकायो साका घाइतेका भएका छन्। गत शनिबार भएको क्रिस्टल प्यालेसविरुद्धको खेलका क्रममा साकामा ह्यामिस्ट्रिङको समस्या देखिएको छ। उनले खेल २४औं मिनेटमै छाडेका थिए।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले साका चोटका कारण केही हप्तासम्म टिमबाट बाहिर बताएका छन्। उनले भने, ‘उनी कम्तिमा पनि २ महिना खेल्न सक्दैनन् होला, यो राम्रो होइन।’

साका आर्सनका मुख्य र इनफर्म खेलाडी हुन्। उनको अनुपस्थिति आर्सनका लागि महँगो पर्न सक्छ। त्यही संकेत प्रशिक्षक आर्टेटाले पनि गरेका छन्। उलने भनेका छन्, ‘यो हाम्रा लागि ठूलो झट्का हो, तर हामी यो चुनौती पार गर्नुपर्ने छ।’

प्राम्भिक रिपोर्ट अनुसार साकाले फेब्रुअरीसम्म खेल्न नसक्ने बताइएको छ। उनले कम्तीमा १० खेल गुमाउनेछन्। अब साकाको स्थानमा ग्याब्रिअल मार्टिनेली या अलेक्जान्डर ट्रोसार्ड मध्ये एकले लिने छन्।

‘म केही विचारहरूमा विचार गरिरहेको छु। हामी नयाँ केहि गर्नेछौं, जसरी हामीले ओडेगार्ड बाहिर हुँदा गरेका थियौं,’ आर्टेटाले भने, ‘मार्टिनेली, एनवानेरी, र ट्रोसार्ड सबैले त्यो स्थानमा खेलेका छन्, हाभर्ट्जले पनि त्यो भूमिकामा आउन सक्छन्। हामी छलफल गर्नेछौं र उपयुक्त समाधान निकाल्छौं।’

साका क्लबका मुख्य खेलाडीहरूमध्ये एक हुन्। उनले यो सिजन २४ खेलमा ९ गोल गरेका छन् र १३ असिस्ट प्रदान गरेका छन्। उनको बजार मूल्य हाल १५० मिलियन युरो अनुमान गरिएको छ।