पुनरागमन जितपछि लिभरपुललाई ७ अंकको अग्रता

27 Dec, 2024
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा लिभरपुलले पुनरागमन जित निकालेको छ। बक्सिङ डेअन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीविरुद्ध १ गोलले पछि गरेको अवस्था उल्टाउँदै ३–१को जित निकाल्यो।

यो जितसँगै लिभपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। उसको १७ खेलमा ४२ अंक छ भने एक खेल बढी खेलेको चेल्सी ३५ अंकसहित दोस्रो स्थानमा छ।

खेलमा लिभरपुलका लागि कोडी गाप्को, कर्टिस जोन्स र मोहम्मद सलाहले गोल गरेका थिए भने लेस्टरका जोर्डन एयूले गोल गरेका थिए।

खेलमा छैठौं मिनेटमा एयूको गोलमा लेस्टर सिटीले सुरुआती अग्रता लियो। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गाप्कोले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।

दोस्रो हाफका सुरुआतमै खेलमा लिभरपुलले अग्रता लियो। ४९औं मिनेटमा उसका जोन्सले गोल गरेका थिए। त्यसपछि ८२औं मिनेटमा सलाहले गोल गरेपछि खेलमा लिभरपुलले ३–१को जित निकाल्यो।