रोनाल्डोले पाए ‘बेस्ट गोलस्कोरर अफ अलटाइम’ अवार्ड

28 Dec, 2024
Share:
117 Shares

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डालाई ग्लोब सकर अवार्डमा विशेष अवार्ड प्रदान गरिएको छ। शुक्रबार राति भएको भएको अवार्ड समरोहमा ३९ वर्षीय रोनाल्डोलाई ‘बेस्ट गोलस्कोरर अफ अलटाइम’ अवार्ड प्रदान गरियो।

रोनाल्डोले करिअरमा १२७७ सय खेल खेल्दै सार्वधिक ९१६ गोल गरेका छन्। उनले क्लबका लागि ७८१ र देशका लागि १३५ गोल गरेका छन्।

यही उपलब्धि लागि ग्लोब सकरले रोनाल्डोलाई ‘बेस्ट गोलस्कोरर अफ अलटाइम’ दिएको हो।

यस्तै, रोनाल्डोले अर्को अवार्ड पनि पाए। साउदीमा व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले मिडल इस्टको उत्कृष्ट खेलाडीको अवार्ड पाए।

अघिल्लो सिजन उनले अल नासरका लागि ५१ खेल खेल्दै ५० गोल गरेका थिए।