एसी मिलानका प्रशिक्षक बने सर्जियो कोन्सेसाओ, पहिलो खेल नै छोराविरुद्ध

31 Dec, 2024

पोर्चुगिज सर्जियो कोन्सेसाओ इटालिनय क्लब एसी मिलानको प्रशिक्षक बनेका छन्। यो सिजन खराब प्रदर्शन गरेपछि एसी मिलानले पाब्लो फोन्सेकालाई बर्खास्त गर्दै कोन्सेसाओलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो।

कोन्सेसाओ सन् २०२६ को जुन ३० सम्मका लागि मिलानको प्रशिक्षक बनेका हुन्। उनीसँग पछिल्ला ७ खेलमा २ जित मात्र निकालेको मिलानलाई लयमा फार्काउने लक्ष्य हुनेछ।

यसअघि उनी पोर्चुगिज क्लब पोर्टोको प्रशिक्षक थिए। उनको नेतृत्वमा ७ सिजनमा पोर्टोले ३ लिग र ५ लिग कप उपाधि जितेको थियो।

एसी मिलानमा उनको प्रशिक्षण यात्र आफ्नै छोरासँगको भीडन्तबाट सुरु हुनेछ। आगामी शुक्रबार कोन्सेसाओको टिम एसी मिलानले साउदी अरेबियामा इटालियन सुपर कपको उपाधिका लागि युभेन्ट्ससँग खेल्दैछ। जहाँ उनका छोरा फेडेरिको कोन्सेसाओ खेलाडीका रुपमा हुनेछन्। सिजनको सुरुआतमा फेडेरिको पोर्टोबाटै युभेन्टस आएका थिए।

यो खेल बाबु–छोरा दुवैका लागि इटालीमा पहिलो उपाधि जित्ने अवसर हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]