इन्टर मिलान सुपरकोपा इटालियानाको फाइनलमा

3 Jan, 2025
Share:
117 Shares

इन्टर मिलान सुपर कोपा इटालियानाको फाइनलमा पुगेको छ। बिहीबार राति साउदी अरेबियाको अल अवाल मैदानमा भएको भएको खेलमा एट्लान्टामाथि २–०को जित निकाल्दै इन्टर मिलान फाइनलमा पुगेको हो।

खेलमा इन्टरका लागि दुवै गोल डेन्जल डम्फ्रिसले गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४९औं मिनेटमा डम्फ्रिसले गोल गर्दै इन्टरलाई खेलमा अग्रता दिलाए। ६१औं डम्फ्रिसले नै गोल गर्दै इन्टरलाई २–०को अग्रता दिलाए। त्यसपछि खेलमा गोल नहुँदा इन्टर फाइनल पुग्यो।

अब इन्टरले जनवरी ६ मा हुने फाइनलमा युभेन्ट्स र एसी मिलानबीचको विजेतासँग खेल्ने छ। यभुेट्स र एसी मिलानबीचको खेल आज राति हुनेछ।