सन् २०२५को सुरुआत स्पेनिस जाइन्ट रियल मड्रिडले जितबाट गरेको छ। शुक्रबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि २–१को पुनरागमन जित निकाल्दै नयाँ वर्षको सुरुआत गरेको हो।
खेलमा रियलका लागि लुका माड्रिच र जुड बेलिङ्हमले गोल गरे। भ्यालेन्सियाका हुगो डुरोले गोल गरेका थिए।
खेलमा २७औं मिनेटमा डुरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।
५५औं मिनेटमा रियलले खेलमा फर्कने अवसर पायो। डिबक्समा किलियन एम्बाप्पेलाई लडाएपछि प्राप्त पेनाल्टीमा बेलिङ्घम गोल गर्न असफल रहे। उनको पनेका प्रहरार पोस्टमा लागेको थियो। करिअरको पहिलो पेनाल्टी मिस गरेका हुन्।
६२औं मिनेटमा बेलिङ्घमकै पासमा एम्बाप्पे गोल गरे। तर, त्यो गोल भारमार्फत अफसाइड करार दिइएको थियो। ७९औं मिनेटमा खेलमा नयाँ मोड आयो। भ्यालेन्सियाका किपरले लडेका भिनिसियसलाई उठाउने प्रयास गरेपछि उनले पन्च गरेका थिए। रेफ्रीले भारमार्फत भिनिसियस जुनियरले रातो कार्ड दिए। सन् २०२५को सुुरुआत उनी रातो कार्डबाट गर्न बाध्य रहे।
खेलमा गोल र खेलाडी दुवैमा रियल पछि परेको थियो। लगत्तै उसले भेट्रान लुका मोड्रिचलाई मैदान छिरायो। ८५औं मिनेटमा मोड्रिचले नै बेलिङ्घमको पासमा बराबरी गोल फर्काए। त्यसपछि रियलले खेलमा नियन्त्रण बनायो।
त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा भ्यालेन्सियाका डिफेन्डरको फाइदा उठाउँदै बेलिङ्घमले गोल गर्दै रियलललाई पुनरागमन जित दिलाए।
यो जितसँगै रियलले नयाँ वर्षको सुरुआत शीर्ष स्थानमा रहेर गरेको छ। उसको १९ खेलमा ४३ अंक भएको छ। एक खेल कम खेलेको एट्लेटिको ४१ अंकसहित दोस्रो स्थानमा छ।
