पिएसजीले जित्यो सिजनको पहिलो उपाधि

6 Jan, 2025
Share:
117 Shares

फ्रेन्च क्लब पिएसजीले नयाँ वर्षको सुरुआत उपाधि जितेर गरेको छ। आइतबार राति उसले सिजनको पहिलो उपाधिका रुपमा ट्रफी डेस च्याम्पियन्स जितेको छ।

आइतबार राति भएको फाइनलमा उसले मोनाकोमाथि १–०को संघर्षपूर्ण जित निकाल्दै उपाधि जितेको हो।

उसका लागि उस्मान डेम्बेलेले गोल गरेका थिए। उनले बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए। उनले फाबियन रुइजको पासमा गोल गरेका हुन्।

खेलमा पिएसजीले ६० प्रतिशत बल पोजेसन बनाउँदै २८ सट प्रहार गर्दा १० सट फ्रेममा थियो। यता, मोनाकोले १२ मध्ये ५ सट फ्रेममा राखेको थियो।