वुल्भ्समाथि नटिङघमको जित, उपाधिमा चुनौती दिँदै

7 Jan, 2025
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा यो सिजन नटिङघम फरेस्टले उत्कृष्ट फुटबल खेलिरहेको छ। सोही क्रममा उसले सोमबार राति वुल्भ्समाथि ३–०का एकपक्षीय जित निकाल्यो।

यो जितसँगै उसले उपाधि होडमा चुनौती दिइरहेको छ। ऊ २० खेलमा ४० अकंसहित तेस्रो स्थानमा छ। र, दोस्रो स्थानको आर्सनलसँग गोल अन्तरमा र शीर्ष स्थानको लिभपुलसँग ६ अंकले मात्र पछि छ।

नटिङघमलाई जित दिलाउन मोर्गन गिब्स–ह्वाइट, क्रिस उड र टाइओ एवानियीले गोल गरेका थिए। उसले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

सातौं मिनेटमा गिब्स–ह्वाइटको गोलमा नटिङघमले सुरुआती अग्रता लियो। ४४औं मिनेटमा इनफर्म उडले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि दोस्रो हाफको इन्जूरी समयमा एवानियीले गोल गरेपछि नटिङघम ३–०ले विजयी भयो।

हारका बावजुत उल्भ्स रेलिरगेसन क्षेत्रबाट बाहिर रह्यो । नयाँ प्रशिक्षकका रूपमा भिक्टर परेरा आएयता उल्भ्यसको यो पहिलो हार हो।