रोनाल्डो भन्छन्– एएफसी च्याम्पियन्स लिग जित्न चाहन्छु, यो वर्ष अल नासरका लागि राम्रो हुनेछ

7 Jan, 2025
Share:
117 Shares

३९ वर्षीय पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियामा व्यवसायिक फुटबल खेलिरहेका छन्। साउदीमा प्रो लिगमा अहिले मिडसिजन ब्रेक चलिरहेको छ।

रोनाल्डोले भने अघिल्लो साताबाट अभ्यास सुरु गरिसकेका छन्। अभ्यासकै क्रममा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सन् २०२५ अल नासारका राम्रो हुने आशा राखेको बताएका छन्।

अल नासारलाई उपाधि दिलाउन आफूले महेनत गरिरहेको पनि बताए। ‘म अल नासरलाई उपाधि दिलाउन निरन्तर मिहिनेत गरिरहेको छु, त्यसलाई निरन्तरता दिन्छु,’ उनले भने, ‘मलाई विश्वास छ, यो वर्ष अल नासरका लागि राम्रो वर्ष हुनेछ।’

साथै उनले साथी खेलाडीहरुलाई कडा मेहनत गर्न, क्लबप्रति इमानदार रहन र क्लबलाई थप उपाधि दिलाउन प्रयास गर्न सुझाव दिएका छन्।

सोही कुराकानीमा रोनाल्डोले आफ्नो चाहना एएफसी च्याम्पियन्स लिग जित्ने रहेको बताएका छन्। उनले भने, ‘एएफसी च्याम्पियन्स लिग त्यो हो, जसलाई म क्लबका लागि जित्न चाहन्छु।’

३९ वर्षको उमेरमा पनि क्लब र देशका दुवैका लागि उत्कृष्ट फुटबल खेलिरहेका रोनाल्डोले आफू र आफ्नो परिवार साउदीमा खुसी रहेको बताएका छन्।
‘म साउदीमा खुसी छु र मेरो परिवार पनि खुसी छ। हामीले यो सुन्दर देशमा नयाँ जीवन सुरु गरेका छौं,’ रोनाल्ल्डोले भनेका छन्।

अल नासारसँगको रोनाल्डोको सम्झौता अवधि अब ६ महिना मात्र बाँकी छ। उनले सम्झौतान गरेका छैनन्। त्यसैले उनले सिजनको अन्त्यसँगै क्लब छाड्ने हल्ला पनि छ।