एन्फा महिला लिगमा निरु र पुजाको गोलमा पुलिस विजयी

7 Jan, 2025
Share:
117 Shares

जारी एन्फा महिला लिगको सुपर लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ।

मंगलकार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा निरु थापा र पुजा रानामगरको गोल मद्दतमा पुलिसले सर्लाहीको बागमती युथ क्लबलाई २–०ले हरायो।

खेलको नवौं मिनेटमा निरुको गोलमा पुलिसले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो।

८२औं मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो। उसका पुजाले गोल गरेकी थिइन्। पूजा खेलको प्लेयर अफ दि म्याच भइन्।

सुपर लिगमा पुलिसको दोस्रो जित हो। योसँगै उसले ३ खेलमा ७ अंक जोडेको छ। उसले पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ५–०ले हराउँदा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो।