साफ च्याम्पियनसिप अब ‘होम अर अवे’को आधारमा हुने

8 Jan, 2025
Share:
117 Shares

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अब ‘होम अर अवे’को आधारमा हुने भएको छ।

बुधबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले दक्षिण एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता ‘होम अर अवे’का आधारमा गर्ने निर्णय गरेको हो।

अबको प्रतियोगितामा आगामी जुन १५ देखि जुलाई २५ सम्म आयोजना हुनेछ। तर, बैठकले तालिका भने सार्वजनिक गरेको छैन।

प्रगियोगिता ‘होम अर अवे’का आधारमा हुन नसकेको अवस्थामा पुरानै ढाँचामा गराउने बाटो पनि खुलै राखेको छ। बुधबारको बैठकले प्रतियोगिता प्रत्येक २ वर्षमा आयोजना निर्णय पनि गरेको छ।

भारत प्रतियोगिताका सबैभन्दा सफल टिम हो। नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपाल एक पटक मात्रै फाइनल पुगेको छ।