सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

विभागीय डर्बीमा अनिताको ह्याट्रिक, पुलिसको पोस्टमा एपिएफको आधा दर्जन गोल

एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो विभागीय डर्बीमा एपिएफ विजयी भएको छ। बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कप्तान अनिता बस्नेतले ह्याट्रिक गरेपछि एपिएफले अर्को विभागीय टिम नेपाल पुलिस क्लबमाटि ६–०को फकाराकिलो जित निकाल्यो।

एपिएफलाई सनदार जित दिलाउन अनितासँगै सुरु लिम्बूले २ गोल गरिन् भने रेनुका नगरकोटेले पनि गोल गरिन्।

अनिताले ११औं मिनेटमा गोलको खाता खोलिन भने ३७औं मिनटेमा रेनुकाले अग्रता दोब्बर बनाइन्। एपिएफ दोस्रो हाफमा ४ गोल गरेको थियो।

त्यसपछि सरुले ८६ र ८७औं मिनेटमा गोल गरेपछि एपिएफले ४–० को अग्रता लियो। त्यसपछि अनिताले इन्ज्युरी समयको तेस्रो र चौथो मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् भने टिमलाई ६–०को फराकिलो जित दिलाइन्।

यो जितपछि एपीएफको तीन खेलबाट नौ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पुलिस भने चार खेलबाट सात अंकमै सीमित रह्यो । महिला लिगमा पुलिसको यो पहिलो हार हो। लिगमा एपिएफमा मात्र अपराजित छ।

267शेयर