एन्फा महिला लिगमा एपिएफको लय, बागमतीको पोस्टमा ६ गोल

15 Jan, 2025
Share:
117 Shares

विभागीय टिम एपिएफ क्लबले जारी एन्फा महिला लिगको सुपर लिगमा आफ्नो उत्कृष्ट लयलाई कायमै राखेको छ।

प्रतियोगिताको एक्लो अपराजित टिम एपिएफले सोही लयलाई कयाम राख्दै बुधबार भएको खेलमा सर्लाहीको बागमती युथ क्लबमाथि ६–०को फराकिलो जित निकाल्यो।

एपिएफलाई सानदार जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङ र सरु लिम्बुले समान २ गोल गर्दा प्रिती राईले १ गोल गरिन् भने अर्को गोल आत्मघाती भएको थियो।

४३औं मिनेटमा मिनेटम रश्मीले गोल गरेपछि खेलमा एपिएफाले अग्रता लियो। उनले इन्जुरी समयका गोल गर्दै एफिएफालाई पहिलो हाफमा २–०को अग्रता दिलाइन्।

दोस्रो हाफमा भने एपिएफ पूर्णरुपमा हावी भयो। ५५औं मिनेटमा बागमतीकी सेमिहाङमा लिम्बुले आफ्नै पोस्टमा गोल गरेपछि एपिएफले ३–०को अग्रता लियो। त्यसपछि ५६औं र इन्जुरी समयमा सरु तथा ८८औं मिनेटमा प्रितीले गोल गरेपछि एपिएफले खेल एकपक्षीय रुपमा ६–०ले जित्यो।

प्रतियोगिताकै एक्लो अपराजित टिम एपिएफले सुपर लिगमा शतप्रतिशत जित निकालेको छ। डबल राउन्ड रोबिनका आधारमा भइरहेको सुपर लिगमा ऊ ५ खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।