एन्ड्रिकको २ गोलमा रियल कोपा डेलरेको क्वार्टरफाइनलमा

17 Jan, 2025
Share:
117 Shares

रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

र राति भएको खेलमा सेल्टाभिगोमाथि ५–२को जित निकाल्दै रियल क्वार्टरफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि थप गरिएको समयमा रियलले जित निकालेको हो।

खेलमा रियलका लागि ब्राजिलियन युवा स्ट्राइरक एन्ड्रिकले २ गोल गरे भने किलियन एम्बाप्पे, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले पनि गोल गरे। सेल्टाका जोनाथन बाम्बा र मार्कस ओलन्सोले गोल गरेका थिए।

खेलमा अग्रता रियलले लियो। ३७औं मिनेटमा एम्बाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए। ४८औं मिनेटमा भिनिसियसले रियलको अग्रता दोब्बर बनाए। तर, ८३औं मिनेटमा बाम्बाले गोल गर्दै सेल्टालाई खेलमा फर्काए। इन्जुरी समयको पहिलो मिनेटमा प्राप्त पेनाल्टीमा ओलन्सोले गोल गरेपछि खेल २–२को बराबरीमा सकियो।

त्यसपछि खेलमा ३० मिनेट थप गरिएको थियो। थप गरिएको समयमा भने रियल पूर्ण रुपमा हावी भयो। १०८औं मिनेटमा एन्ड्रिक गोल गर्दै रियललाई अग्रता दिलाए। ११२औं मिनेटमा भाल्भर्डेले गोल गरेपछि रियल जिततर्फ अग्रसर भयो। ११९औं मिनेटमा एन्ड्रिकले पुनः गोल गरेपछि रियल ५–२ले विजयी भयो।