एन्फा महिला लिगमा पुलिसलाई बागमतीको धक्का, बराबरीमा रोक्यो

18 Jan, 2025

जारी एन्फा महिला लिगको सुपर लिगका विभागीय टिम नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ। शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसलाई सर्लाहीको बागमती युथ क्लबले गोलरहित बराबरीमा रोकेको हो।

खेलमा बामगतीलाई दबाबमा राखेपनि पुलिसले गोल गर्न सकेन। उसका खेलाडीहरू फिनिसिङमा चुके। खेलमा बागमतीले पनि गोलका केही उत्कृष्ट मुभहरु बनाएको थियो।

यो बराबरीले पुलिसको क्वालिफयर १ सम्भावनामा गम्भीर धक्का लागेको छ। ६ खेलमा पुलिस भने ११ अंकमा तेस्रो स्थानमा छ। अब उसले एलिमिनेटर खेल्ने सम्भावना प्रवल छ।

यता, पुलिसलाई बराबरीमा रोकेपछि बागमतीको पनि प्लेअफ सम्भावना बलियो बनेको छ। ६ खेलमा उसको ४ अंक छ। यो पुचारका वालिङभन्दा ४ अंक नै बढी हो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]