नुनेजले इन्जुरी समयमा गोल गरेपछि लिभरपुल विजयी

19 Jan, 2025

डार्विन नुनेजको इन्जुरी समयको गोल मद्दतमा प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा बराबरीतर्फ उन्मूख खेलमा लिभपुलले ब्रेन्टफोर्डमाथि २–०को जित निकाल्यो।

यो जितसँगै लिभरपुलले ३ खेलको जितबिहीन यात्रालाई पनि टुंग्याएको छ। लिभरपुल प्रिमियर लिगमा लगातार खेलमा बराबरीमा रोकिएको थियो भने कारबाओ कपको सेमिफाइनलको पहिला लेगमा पराजित भएको थियो।

बराबरीतर्फ उन्मूख भएको खेलमा नुनेजले इन्जुरी समयको पहिलो मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै लिभरपुलाई अग्रता दिलाए। तेस्रो मिनेटमा हार्भे इलियटको पासमा पुनः नुनेजले नै गोल गरेपछि लिभरपुल २–०ले विजयी भयो।

जितपछि लिभरपुल २१ खेलमा ५० अंकसहित शीर्ष स्थानमा छ। ब्रेन्टफोर्ड भने २८ अंकसहित ११औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]