ला लिगामा एट्लेटिको पराजित, बार्सिलोना रोकियो

19 Jan, 2025
Share:
117 Shares

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा एट्लेटिको लेगासेनससँग १–०ले पराजित भयो।

एट्लेटिकोलार्य उसकै मैदानमा हराउने क्रममा लेगानेसका मतिजा नास्टासिचले गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ४९औं मिनेटमा गोल गरेका थिए।

खेलको अन्त्यतिर एट्लेटिको गोलको सुन्दर अवसर सदुपयोग गर्न सके। ९०औं मिनेटमा प्राप्त पेनाल्टीमा उसका एन्टोइन ग्रिजमन गोल गर्न चुके। उनको प्रहार बाहिरिएको थियो।

यस्तै, अर्को खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार राति नै भएको खेलमा बार्सिलोनालाई गेटाफेले १–१को बराबरीमा रोकेको हो।

खेलमा नवौं मिनेटमा जुल्स कुन्डेको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो। ३४औं मिनेटमा माउरो अराम्बरीले गोल गर्दै खेलालाई बराबरीमा ल्याए। त्यसपछि गोल नहुँदा खेल बराबरीमै सकियो।

हारपछि पनि एट्लेटिको शीर्ष स्थानमै छ। उसको २० खेलमा ४४ अंक छ भने १ खेल कम खेलेको रियल मड्रिड ४३ अंकसहित दोस्रो स्थानमा छ। यता, बार्सिलोना भने ३९ अंकसहित तेस्रो स्थानमा छ।