नेमार भित्र्याउन सान्तोषले थाल्यो पहल, फर्केलान त नेमार?

20 Jan, 2025
Share:
117 Shares

ब्राजिलिय सुपर स्टार तथा आफ्ना पूर्वखेलाडी नेमारलाई क्लबमा फर्काउन सन्तोषले पहल थालेको छ।

३२ वर्षीय सुपरस्टार नेमार अहिले साउदी क्लब अल हिलालमा छन्। उनको सम्झौता अवधि यही सिजनको अन्त्यसम्म छ।

कीर्तिमानी रकममा पिएसजीबाट अल हिलाल पुगेका नेमार चोटका कारण अधिकांश सयम मैदान बाहिरै छन्। डेढ सिजनमा उनले कुल ७ खेल मात्र खेलेका छन्।

अहिले उनी चोटमुक्त हुँदै मैदान फर्कने तयारीमा छन्। अल हिलाल उनको सम्झौता नवीकरण नगर्ने पक्षमा छ।

त्यसैले सान्तोषले नेमारलाई भित्र्याउने पहल थालेको हो। उसले यही सन्दर्भमा अल हिलालसँग कुराकानी थालेको छ।

सान्तोष नेमारलाई जनवरीमै लोनमा क्लबमा भित्र्याउने प्रस्ताव अल हिलासँग राखेको ट्रान्सफर मार्टेकका विज्ञ फाब्रिसियो रोमानोले बताएका छन्। सान्तोष अल हिलालको जवाफको पखाईमा रहेको बताएका छन्।

नेमारलाई भित्र्याउन मेजर सकर लिग क्लबहरूले पनि चासो देखाएका छन्। त्यसमा नेमारका पूर्व टिममेट मेसी र सुआरेज रहेको क्लब रहेको क्लब इन्टर मियामी पनि छ। नेमारका लागि सान्तोष बाहेक अन्यले औपचारिक प्रस्ताव भने राखेका छैनन्।

नेमारले सान्तोषबाट २००९ देखि २०१३ सम्म खेलेका थिए। जसमा उनले २२५ खेल खेल्दै १३६ गोल गरेका छन्।