च्याम्पियन्स लिगमा रियल मड्रिडले सानदार जित निकालेको छ। बुधबबार राति भएको खेलमा दुई ब्राजिलिय स्टार भिनिसियस जुयिनर र रोड्रिगो चम्किएपछि रियलले आरबी साल्जबर्गमाथि ५–१को सानदार जित निकाल्यो।
बर्नाबेउमा रियललाई जित दिलाउन भिनि र रोड्रिगोले समान २ गोल गर्दा अर्को गोल किलियन एम्बाप्पेले गरे। यता, साल्जबर्गका माड्स बिस्ट्रपले गोल गरेका थिए।
२३औं मिनेटमा रोड्रिगोको गोलमा रियलले सुरुआती अग्रता लियो। ३४औं मिनेटमा रोड्रिगोले नै रियलको अग्रता दोब्बर बनाए। दुवै गोलमा जुड बेलिङघमले पास उपलब्ध गराएका थिए। पहिलो हाफ १–०मै सकियो।
दोस्रो हाफ अर्का ब्राजिलिय खेलाडी भिनि चक्किए। ४८औं मिनेटमा साल्जबर्गका गोलकिपरको गल्तीमा एम्बप्पेले रियलका लागि तेस्रो गोल गरे। त्यसपछि ५५औं मिनेटमा भिनिसियसले लुका मोड्रिचको पासमा गोल गरेपछि रियलले ४–०को अग्रता लियो।
त्यसपछि ७७औं मिनेटमा फेडेरिको भाल्भर्डेको पासमा भिनिसियसले नै रियलका लागि पाँचौं गोल गरे। ८५औं मिनेटमा बिस्ट्रपले साल्जबर्गका लागि सान्त्वना गोल गरे।
यो जितसँगै रियल १६औं स्थानमा उक्लिएको छ। उसको ७ खेलमा १२ अंक छ। रियल शीर्ष ८मा पुग्न कठीन रहेकाले उसले अन्तिम १६का लागि प्लेअफ खेल्ने निश्चित जस्तै छ।