उषा नायक बन्दा आर्मीलाई हराउँदै पुलिस एन्फा महिला लिगको फाइनलमा

27 Jan, 2025
Share:
117 Shares

विभागीय टिम नेपाल पुलिस क्लब जारी एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ। सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएका खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २-१ले हराउँदै पुलिस फाइनलमा पुगेको हो।

पुलिसको जितमा गोलकिपर उषा नाथले नायक बनिन्। उनले तीनवटा पेनाल्टी सेभ गरेकी थिइन्।

आर्मीका लागि अन्जना रानामगरले मात्र गोल गर्दा एक प्रहार बाहिरिएको थियो। पुलिसका लागि उषा र बिर्सना चौधरीले गोल गर्दा तीन प्रहार भने अन्जनाले पनि बचाएकी थिइन्।

निर्धारित सयमको गोलरहित बराबरीमा सकिएको थियो।

योसँगै पुलिसले उपाधिका लागि प्रतियोगितामा अपराजित एक्लो टिम एपिएफ क्लबसँग खेल्ने छ।