संकटा सभापति कपको फाइनलमा, मछिन्द्र सडन डेथमा पराजित

27 Jan, 2025
Share:
117 Shares

संकटाले मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सोमबार सभापति कपको फाइनल यात्रा तय गरेको छ।

सोमबार साँझ दशरथ रंगशालमा भएको खेलको टाइब्रेकरमा संकटा ८–७ ले विजयी भएको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको हो । संकटाका कप्तान तथा गोलरक्षक दीप कार्कीले आयुष घलानको प्रहार बचाए । दयानन्द सिंहको प्रहार भने बाहिरियो ।

संकटाका लागि इमान बोएटाङले निर्णायक प्रहारलाई गोलमा परिणत गरे । त्यसअगाडि संकटाका लागि चन्द्रकुमार दास पनि गोल गर्न चुकेका थिए । विजयी टिमका लागि राम थापा, श्रीजन क्षेत्री, सन्तोष खत्री, साम कार्लोस, दीप, अबेका रिचर्ड र रोश पहारीले गोल गरे ।

मछिन्द्रका तर्फबाट भने समीरराज थोकर, दिवाकर चौधरी, सनिष श्रेष्ठ, ओमोलाजा नुरिन करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र विमल घर्तिमगरले गोल गरे ।