सहिद दिवसको अवसरमा सभापति कपको ट्रफी अनावरण

29 Jan, 2025
Share:
117 Shares

काठमाडौंमा जारी सभापति कप नकआउट फुटबल प्रतियोगिताको ट्रफी सर्वाजनिक गरिएको छ। सहीद दिवसको अवसर पारेर ट्रफी सार्वजनिक गरिएको हो।

बुधबार आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवसको अवसर पारेर एक कार्यक्रमका बीच सहिद गेटमा ट्रफी अनावरण गरेको हो।

माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिता नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो।