म्यान्चेस्टर सिटीमाथि आर्सनलको सानदार जित, लिभरपुलसँगको दुरी घटायो

3 Feb, 2025

इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले म्यान्चेस्टर सिटीमाथि ५-१ फराकिलो जित निकाल्यो।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, थोमस पार्टे, काइ हाभर्ट्ज, माइल्स लेविस स्केली र इथान न्वानेरीले गोल गरे। सिटीका लागि एर्लिङ हालान्डले गोल गरेका थिए।

खेलको दोस्रो मिनेटमा नै ओडेगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो। उनले हाभर्ट्जको पासमा गोल गरेका थिए। पहिलो हाफ १-०मै सकियो।

५५औं मिनेटमा हालान्डले गोल गरेपछि सिटीले खेलमा फर्कने संकेत गरेको थियो। तर त्यसको अर्को मिनेटमा पार्टेले गोल गर्दै पुनः आर्सनललाई अग्रता दिलाए।

त्यसपछि भने आर्सनलले खेलमा पूर्णरुपमा पकड बनायो। ६२औं मिनेटमा लेविस स्केली र ७६औं मिनेटमा हाभेर्ट्जले गोल गरेपछि आर्सनल एकतर्फी रूपमा ४-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा न्वानेरीले गोल गर्दै आर्सनलको ५-१ को जित पक्का गरे ।

जितसँगै आर्सनलको २४ खेलबाट ५० अंक भएको छ र दोस्रो स्थानमा यथावत् छ। उसले शीर्षस्थानको लिभरपुलसँगको दुरी ६ अंकमा झारेको छ। पराजित सिटीको २४ खेलबाट ४१ अंक छ र चौथो स्थानमा छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]