चेल्सीका फेलिक्स एसी मिलानमा

4 Feb, 2025
Share:
117 Shares

चेल्सीका पोर्चुगिच विंगर जोआ फेलिक्स इटालियन क्लब एसी मिलानमा आबद्ध भएका छन्।

यसैसिजन एट्लेटिको मड्रिडबाट चेल्सी आएका फेलिक्स आधा सिजनमा चेल्सी छोड्न बाध्य भए। उनी लोनमा इटालियन क्लब पुगेका हुन्।

६ महिनाका लागि फेलिक्सले ५ मिनिलय पाउन्ड तलब पाउने छन्। एसी मिलानसँग फेलिक्स अनुबन्धन गर्ने सुविधा पनि छ।

चेल्सीमा उनले २० खेल खेल्दै ७ गोल गरेका छन्। प्लेइङ सेटमा पर्याप्त अवसर नपाएपछि फेलिक्सले चेल्सी छाडेका हुन्।