यू–१९ विश्वकप छनोटमा अर्जुन कुमालको शतक

Read Time:1 Minute

युएईमा जारी यू–१९ विश्वकपको एसिया क्षेत्रको छनोट ओपनर अर्जुन कुमालले शतक बनाएका छन्। प्रतियोगिताको दोस्रो खेलमा कुवेतविरुद्ध अर्जुनले शतक बनाएका हुन्।

अर्जुनले १०९ बलमा शतक बनाए । जय महेशकुमारको बलमा क्याच आउट हुनुअघि अर्जुनले ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाए।

अर्जुनको शतकमा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ। तेस्रो विकेटका लागि अर्जुनले कप्तान देव खनालसँग शतकीय साझेदरी गेका थिए।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३६.५ ओभरमा नेपालले २१० रन बनाएको छ।

प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ। पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post थ्री स्टार फर्किए विराज महर्जन
Next post यू–१९ विश्वकप छनोमा देव खनालले बनाए शतक
Close