वैभवको विस्फोटक पारी, हैदरावादलाई हराउँदै राजस्थान क्वालिफायर २ मा

28 May, 2026

युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक पारी मद्दमा राजस्थान रोयल्स आईपिएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

बुधबार भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान फाइनल नजिक पुगेको हो।

राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो। हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान किशनले ३३ रन बनाए।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिँदा नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले समान २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाए।

वैभवले १२ छक्का र ५ चौका प्रहार गरे। उनले क्रिस गेलको एकै सिजनमा सर्वाधिक छक्काको कीर्तिमान समेत तोडे । गेलले सन् २०१२ को आईपीएलमा ५९ छक्का प्रहार गरेका थिए। सूर्यवंशीको यो सिजन ६५ छक्का भइसकेको छ।

सूर्यवंशीपछि ध्रुव जुरेलले पनि आक्रामक ब्याटिङ गर्दै २१ बलमा ५० रन बनाएर आउट भए । यशश्वी जैसवालले २९ तथा कप्तान रियान परागले २६ रन बनाए।

हैदराबादका लागि प्रफुल हिंगेले ३ विकेट लिँदा इशान मालिङ्गा, शिवाङ्ग कुमार र नितिश रेड्डीले समान विकेट लिए।

राजस्थानले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]