अमेरिकाविरुद्ध इशान पाण्डेले बनाए अर्थशतक

22 May, 2026
Share:
117 Shares

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ब्याटर इशान पाण्डेले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा इशानले ६१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३ चौका र एक छक्का प्रहार गरे।

अर्धशतक प्रहार गरेपछि इशानले आक्रामक इनिङ खेले। उनी ८३ बलमा ८ चौका र १ छक्का मद्दतमा ८४ रन बनाएर आउट भए।

इशानले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका हुन्।

उनले यसअघि स्कटल्याण्डविरुद्ध अर्धशतक पूरा गरेका थिए। इशानले ३ ओडीआई खेलमा २ अर्धशतक बनाएका हुन्।