कमलसिंह ऐरीका कुमको हड्डी भाँचियो, ६ साता मैदान बाहिर रहने

SHARE TO:
Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर कमलसिंह ऐरीको कुमको हड्डी भाँचिएको छ। टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलका क्रममा देव्रे कुमको हड्डी भाँचिएको हो।

लेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको थियो । सोही कारण उनले खेलमा २ ओभरमात्र बलिङ गरेका थिए । ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए ।

खेलपछि नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेको थियो । आइतबारबिहानै कमलको शल्यक्रिया गरिएको क्यानले जनाएको छ।

अब कमल ६ साता मैदानबाहिर रहने क्यानले जनाएको छ। केही दिन उनी डाक्टरकै निगरानीमा रहनेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post प्रिमियर लिगः सिटी र लिभरपुलको जित, चेल्सी ब्रेन्टफोर्डसँग पराजित
Next post हेरिटेज रिङ रेस्लिङमा चट्टा च्याम्पियन
Close