लोकेशले बेल्जियम लिग खेल्ने

9 May, 2026

ईयु टी–२० लिगको फ्रेन्चाइज टोली एन्टवर्प एन्कर्सले शुक्रबार लोकेशलाई अनुबन्ध गरेको घोषणा गरेको हो । लोकेशलाई साद नवाजको स्थानमा ल्याइएको छ ।
नेपालका ब्याटर लोकेश बमले बेल्जियमको ईयु टी–२० लिग खेल्ने भएका छन् । ईयु टी–२० लिगको फ्रेन्चाइज टोली एन्टवर्प एन्कर्सले शुक्रबार लोकेशलाई अनुबन्ध गरेको घोषणा गरेको हो । लोकेशलाई साद नवाजको स्थानमा ल्याइएको छ ।

एन्टवर्प एन्कर्सबाट अर्का ब्याटर आसिफ शेख पनि खेलिरहेका छन् । फेब्रुअरीमा भएको ट्वान्टी–२० विश्वकपमा आसिफ नेपालको प्रमुख विकेटकिपर पनि थिए भने लोकेश दोस्रो रोजाइको विकेटकिपर । लोकेशले मध्यक्रममा खेल्दै इंग्ल्यान्डविरुद्ध मुम्बईमा २० बलमा अविजित ३९ रन बनाएका थिए, त्यसका बाबजुद नेपाल ४ रनले पराजित भएको थियो ।

लोकेशले पहिलो पटक विदेशी लिगमा खेल्न लागेका हुन् । लोकेशले नेपालबाट २३ ट्वान्टी–२० अन्तर्राष्ट्रियको १८ इनिङ्समा २ सय १५ रन बनाएका छन्, जसमा उनको स्ट्राइक रेट १४३ भन्दा माथि छ ।

इंग्ल्यान्डविरुद्धको त्यो ३९ रन नै उनको उच्च स्कोर हो । २०२४ मा विश्वकपको ठीक अगाडि आयरल्यान्ड ‘ए’ नेपाल भ्रमणमा आउँदा लोकेशले एक खेलमा १ सय ६ रन बनाएका थिए । पछिल्ला तीन वर्षमा नेपाली खेलाडीले ट्वान्टी–२० मा बनाएको यही एक शतक हो ।

ईयु टी–२० लिगमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विभिन्न फ्रेन्चाइजबाट १० खेलाडीहरू खेलिरहेका छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]