ललित र रोहित फर्ममा फर्किँदा स्कटल्यान्डमाथि नेपालको सानदार जित

18 May, 2026

ललित राजवंशी र कप्तान रोहित पौडेलल फर्ममा फर्किँदा आईसिसी विश्वकप लिग २मा नेपलले स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित निकालेको छ। स्टकल्यान्डले दिएको १९६ रनको मध्यम लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ३८.१ ओभरमा भेट्टायो।

नेपालललाई सहज जित दिलाउने क्रममा कप्तान रोहितले ७४ रनको उत्कृष्ट नटआउट पारी खेले। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि इशान पाण्डेसँग शतकीय साझेदारी गरे। जसमा इशानले ६१ बलमा ५५ रनको अर्धशतकीय पारी खेले। यो उनको पहिलो अर्धशतक हो।
 
त्यसअघि आसिफ सेखले १७ बलमा २९ रन बनाउँदा कुशल भुर्तेलले २७ बलमा २८ रन बनाए। बलिङ स्कटल्यान्डका मार्क वाटले २ र ब्रान्डन म्याकमुलेनले १ विकेट लिए।

ललित राजवंशी र सन्दीप लामिछानेले घातक बलिङ गरेपछि स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटियाे। 

स्टकल्यान्डका लागि ब्रान्डन म्याकमुलेन र मिचेल इंग्लिसले अर्धशतक बनाए। विस्फोटक ब्याटिङ गरेका म्याकमुलेनले ४४ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै ७३ रन बनाए। 

यस्तै, इंग्लिसले ७२ बलमा ४ चौका र १ छक्का मद्दतमा ५१ रन बनाए। यी दुईबाहेक जर्ज मुन्सेले २१ र म्यार्क वाटले २० रन बनाए।

स्कटल्यान्डलाई समस्तैमा रोक्ने क्रममा नेपालका ललित राजवंशीले ४ विकेट लिए। उनले ८ ओभरमा ३२ रन मात्र खर्चिए। यस्तै, सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। 

खेलमा जर्ज मुन्सेलाई बोल्ड गर्दै सन्दीपले एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने ऐतिहासिक कीर्तिमान बनाए। सन्दीपले ७३ खेलमा यो उपलब्धि हाासिल गरे। उनले ७७ खेलमा १५० विकेट लिएका मिचेत स्टार्कको कीतिमान तोडे।

सन्दीप र ललितबाहेक सोमपाल कामी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले पनि समान १ विकेट लिए।

ललितले ४ र सन्दीपले ३ विकेट लिएको खेलमा स्कटल्यान्ड ३९.१ ओभरमा अलआउट भयो। स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३ र मिचेल इंग्लिसले ५१ रन बनाए।

यो जितपछि नेपाल अंक तालिकामा २ स्थान माथि उक्लिएको छ। २७ खेलमा २२ अंकसहित नेपाल सातौंबाट पाँचौं स्थानमा उक्लिएको छ। ३८ अंकका साथ स्कटल्यान्ड शीर्ष स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]