अमेरिकाविरुद्ध नेपाली बलरहरुको उत्कृष्ट पुनरागमन, अमेरिका १९५ रनमै अलआउट

16 May, 2026
Share:
117 Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेका छन्। 

टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले उत्कृष्ट सुरुआत गरेको थियो। उसले १२२ रन बनाउँदा १ विकेट मात्र गुमाएको थियो। तर, त्यसपछि नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४३.३ ओभरमा १९५ रनले अलआउट गरे।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। शेहान ५२ बलमा ५० रन बनाए। 

१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो। त्यसपछि मिलिन्द कुमार २८ र हर्मित सिंह १४ रन बनाए। 

बलिङमा उपकप्तान दीपेन्द्रले ४ विकेट लिए। उनले ७.३ ओभरमा २४ रन मात्र खर्चिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए।