नेपाल पहिलो पटक टियू रंगशालामा फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ।
युएईसँगको टि–२० सिरिजको पहिलो खेल आज साँझ ५ बजे टियू रंगशालामा सुरु हुनेछ। जसमा ऐतिहासिक खेलको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।
नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । सिरिजका लागि कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२० टोलीबाट हटाइएका छन्।
यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ। कप्तान भने मुहम्मद वासीम नै रहेका छन्।
नेपाल र यूएई हालसम्म टी–२०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन्। कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो।
नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुन लागेको हो। पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा यहाँ भिडेका थिए। यस्तै नेपाली क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल्दैछ।
नेपाली टिम ः दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल
