क्रिकेटराष्ट्रिय क्रिकेट

पहिलो वार्मअप म्याचमा नेपाल युएईसँग पराजित

एकदिवसीय विश्वकप छनोटअघि जिम्बाबेमा भएको पहिलो वार्मअप म्याचमा नेपाल पराजित भएको छ। जिम्बाबेस्थित हरारेमा भएको खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएकोृ हो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २७८ रनको लक्ष्य युएईले ४९.५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। युएईलाई जित दिलाउने क्रममा अलराउन्डर रोहन मुस्ताफाले ७८ रनको इनिङ खेले ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपाललाई दुवै ओपनरले राम्रो सुरुआत दिलाएका थिए । आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। आसिफले सर्वाधिक ५७ रन बनाउँदा कशुलले ३९ रन बनाए।

यस्तै, कुशल मल्लले ४६ र आरिफ सेखले ३५ रनको योगदान दिँदा सोमपाल कामीले १५ रन बनाए।

अब नेपालले बिहीबार ओमानसँग दोस्रो वार्मअप म्याच खेल्ने छ। आजै भएको वार्मअप खेलमा ओमान जिम्बाबेसँग १८ रनले पराजित भएको थियो।