मेयर्स कप क्रिकेट आयोजना हुने

Read Time:1 Minute

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको सहकार्यमा मेयर्स कप आयोजना गर्न लागेको हो । प्रतियोगिता ५० ओभरको हुने छ ।

काठमाडौंमा एक कार्यक्रम बीच प्रतियोगिताका आयोजनाका सम्बन्धमा क्यान र काठमाडौं महानगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगिताको अयोजनाको मिति तय नभएपनि चैत मसान्तभित्रमा प्रतियोगिता आयोजना गरिसक्नु पर्ने सम्झौता पत्रमा उल्लेख छ । कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुने प्रतियोगिताका काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रकाश बुढाथोकीले आईलिग खेल्ने
Next post टि–१० लिगमा सोमापालले लिए पहिलो विकेट
Close