एसियन गेम्स छनोटमा नेपाल सेमिफाइनलमा

28 May, 2026

नेपाली महिला क्रिकेट टोली एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान इन्दु बर्माले ४३ बलमा अविजित ४२ रनको इनिङ खेलिन् । सोनी पाख्रिनले २९, कविता कुँवरले १४ अनि सीता राना मगरले अविजित १३ रन बनाइन् ।

इन्डोनेसियाका लागि ना मादे पुत्री सुवानदेवी र नि कदेक अरियानीले २(२ विकेट लिए भने इदादा लक्समी पारामिथा र साङ आयु नोम्यानले १(१ विकेट लिए ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो ।

इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । त्यस्तै नि लु केतुत वेसिका रतना देवीले २३ रन बनाइन् । नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए ।

नेपालले अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । उक्त खेल जिते नेपाल एसियन गेम्समा छनोट हुनेछ । सेमिफाइनलमा पराजित भएपनि तेस्रो स्थानको खेलमा विजयी भएमा नेपाल छनोट हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]