युएई टुरमा परेनन् सन्दीप

Read Time:2 Minute

आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा सिरिजबाट सन्दीप लामिछाने बाहिरिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछाने बिनै राष्ट्रिय टिम घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ। कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नै नगरेको स्रोतले बताएको छ।

बलात्कार आरोप लागेपछि सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाएको छ। उच्च अदालतको सो आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएका छन् । उनले राष्ट्रिय टिमबाट विदेशमा पनि खेल्न पाउने माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएका हुन्। सन्दीपको पुनरावेदनमाथि भोलि फैसला हुनेछ।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
13 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
83 %
Surprise
Surprise
4 %
Previous post महिला टि-२० विश्वकपको सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्ने
Next post युएई भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा, सन्दीप र सूर्य आउट, आरिफ, प्रतिश र मौसम इन
Close