राेहितलाई हटाउँदै सन्दीपलाई नेपालकाे एकदिसीय टिमकाे कप्तान जिम्मेवारी

11 Aug, 2026
Share:
117 Shares

सन्दीप लामिछाने नेपाली एकदिवसीय क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान नियुक्त गरेको हो।

सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन्। सन् २०२२ मा कप्तान बनेका सन्दीप बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएका थियो।

विश्वकप लिग-२काेमा निरन्तर खराब प्रदर्शन गरेपछि क्यानले राेहितलाई कप्तानबाट हटाएकाे हाे। आइसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो। याेसँगै राेहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन्।

सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन्।

सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन्।

क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० को कप्तान नियुक्त गरेको थियो।