छैठौं विश्वकप खेलिरहेका ४१ वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सुरुआत सुखद् रहेन्। पहिलो खेलमा रोनाल्डोको टिम पोर्चुगल डिआर कंगोसँग १–१को बराबरीमा रोकियो। यो खेलमा पोर्चुगल अझ भनौं रोनाल्डोको प्रदर्शन उनको कद अनुसारको उचो थिएन्।
खेलमा पोर्चुगल र रोनाल्डोको खुबै आलोचना भयो। रोनाल्डोलाई सेल्फिस भनियो, पोर्चुगिच टिममा रोनाल्डो बोझ बनेको पनि भनियो। सँगै रोनाल्डोले प्लेइङ ११ मै राख्न नहुने पनि भनियो।
तामाम आलोचनाबीच रोनाल्डो शान्त हुँदै मंगलबार राति मैदान उत्रिए, उज्वेकिस्तान विरुद्ध। उनलाई मन नपराउनले विरोध गरेपनि हाउस्टन स्टेडियम रोनाल्डो र पोर्चुगलका समर्थकले भरिएको थियो। थोरै संख्यामा थिए, डेब्युटान्ड उज्वेकिस्तानका समर्थक।
यो उनका लागि महत्वपूर्ण थियो, त्यो किनेभने राम्रो प्रदर्शन गर्दै विरोधीलाई चुप लगाउन र जिताउँदै टिमलाई नकआउट नजिक पु¥याउन्।
छैठौं मिनेटमै रोनल्डोले बललाई पोस्टको दिसा दिए। रोनाल्डो, उनका टिममेट, मैदानमा उपस्थित समर्थकसँगै विश्वभरका समर्थक खुसी भए। उनले विरोधीलाई ‘इँटको जवाफ पत्थर’ले दिए।

यो गोल विशेष थियो। यो गोलसँगै उनी विश्वकपका ६ लागतार संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बने। सँगै विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी पनि। उनले मेसीलाई उछिने।
रोनाल्डो यतिमै रोकिएनन्। उनले ३९औं मिनेटमा दोस्रो गोल गरे। त्यसअघि १७औं मिनेटमा रोनाल्डोले चलाखीपूर्ण रुपमा डिबक्सको ठीक बाहिर प्राप्त फ्रिकिकमा नुनो मेन्डेसलाई प्रहार गर्न दिए। त्यसमा मेडेन्सले गोल पनि गरे।
त्यसपछि पनि रोनाल्डोले ह्याट्रिक गर्ने अवसरहरु सिर्जना गरे, प्रहार पनि गरे । तर, गोलकिपरले उतकृष्ट बचाउ गरे।
खेलमा रोनाल्डोले प्लेअर अफ दी म्याच बने। रोनाल्डो बाहिरिँदै गर्दा उनलाई मन पराउनेहरू प्यारापिटको बारबाट उनको फोटो खिच्न झुम्मिएका थिए। पत्रकारका क्यामराले उनी घेरिएका थिए।
