राेनाल्डाे, मेसी पथमा मोड्रिच, बनाए ऐतिहासिक कीर्तिमान

24 Jun, 2026
Share:
117 Shares

क्रोएसियन कप्तान लुका मोड्रिचले अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने कीर्तिमान बनाएका छन्।

उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन्।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले करिब दुई दशकको अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरेका छन् र अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन्।

अन्तर्राष्ट्रिय खेलको संख्यामा क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा कुवेतका बादेर अल मतावा २०१ खेलसहित रहेका छन् भने लियोनल मेस्सीले पनि २०१ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। मोड्रिच २०० खेलसहित चौथो स्थानमा पुगेका छन्।

विश्वकपमा क्रोएसियाले पानामामाथि महत्वपूर्ण जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडी ब्लतभ द्यगमष्mष्च ले गरेको एकमात्र गोल निर्णायक बन्यो।

पहिलो खेलमा हार बेहोरेको क्रोएसियाका लागि यो जित महत्वपूर्ण रह्यो । पानामाले रक्षात्मक रूपमा अनुशासित प्रदर्शन गरे पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो अंक जोडेको छ भने पानामाको समूह चरणबाट अघि बढ्ने सम्भावना कमजोर बनेको छ ।