फिफा र्‍याङकिङ : विश्वकप जित्दा पनि अर्जेन्टिना बन्न सकेन नम्बर १, ब्राजिल शीर्ष स्थानमा, नेपाल यथवात

Read Time:3 Minute

आइतबार राति कतारस्थित लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जित्यो। तर, विश्वकप उपाधि जिते पनि अर्जेन्टिना फिफा वरियतामा शीर्ष स्थानमा पुग्न सकेन।

कतार विशकवपमा क्वार्टरफाइनबाटै बाहिरिए पनि ब्राजिल र्‍याङकिङको नम्बर १ मा छ।

ब्राजिलि फिफा विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। उ क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउट ४–२ले पराजित भएको थियो। ब्राजिल विश्वकपअघि पनि नम्बर १ मै थियो। उ गत फेब्रुअरीदेखि नम्बर १ मा रहँदै आएको छ।

यता, अर्जेन्टिना विश्वकप उपाधि जिते पनि फिफा र्‍याङकिङमा नम्बर १ मा पुग्न सकेन्। उ दोस्रो स्थानमा छ। यस्तै, उपविजेता बनेको फ्रान्स तेस्रो स्थानमा छ। दुवै टिम एक स्थान माथि उक्लिएका हुन्।

कतार विश्वकपको समूह रचणबाटै बाहिरिएको बेल्जिम चौथो स्थानमा झरेको छ। विश्वकप सुरु हुनुअघि उ दोस्रो स्थानमा थियो ।

क्वार्टरफाइनलबाटै बाहिरिएका इंग्ल्यान्ड र नेदरल्यान्ड्स क्रमश पाँचौं र छैठौं स्थानमा छन्। वरियतामा इंग्ल्यान्ड यथावत रहँदा नेदरल्यान्ड्स २ स्थानमाथि उक्लिएको हो।

यता, लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्दै तेस्रो बनेको क्रोएसिया ५ स्थान माथि उक्लँदै सातौं स्थानमा आइपुगेको छ। उ सेमिफाइनमा अर्जेन्टिनासँग ३–०ले पराजित भएको थियो भने मोरक्कोलाई २–१ले हराउँदै तेस्रो बनेको थियो।

विश्वकपमा छनोट हुन नसकेको इटाली दुई स्थान तल झरेर आठौं स्थानमा झरेको छ भने पोर्चुगल नवौं स्थानमा यथावत रहँदा समूह चरणबाटै बाहिरिएको स्पेन तीन स्थान तल झरेर १०औं स्थानमा आइपुगेको छ।

सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बनेको मोरक्को र पहिलो पटक नकअकाउट पुगेको अष्ट्रेलियाले समान ११ स्थान सुधार गरेका छन। मोरक्को २७औं स्थानमा रहँदा अस्ट्रेलिया ३८औं स्थानमा आइपुगेको छ।

यस्तै समूह चरणमा ब्राजिललाई हराएको क्यामरून पनि १० स्थान माथि उक्लँदै ३३ औं स्थानमा पुग्दा अमेरिका ३ स्थान माथि उक्लिएर १३औं र मेक्सिको २ स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ।

यता, नेपाल भने१७५ औं स्थानमै यथावत रहेको छ। दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०६औं स्थानमा रहेको भारत र १५६औं स्थानमा रहेको माल्दिभ्स नेपालभन्दा अघि छन्।

यस्तै? भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं र श्रीलंका १०७औं स्थानमा छन् ।

Happy
Happy
25 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
25 %
Surprise
Surprise
0 %
Previous post महँगो मूल्यमा साउदी जाँदै रोनाल्डो
Next post नेमार र एम्बाप्पे पिएसजी फर्किए मेसी कहिले फर्कन्छन् ?
Close