एपिएफलाई हराउँदै सातदोबाटो झापा गोल्डकपको सेमिफाइनलमा

Read Time:1 Minute

सातदोबाटो युथ क्लब झापामा जारी पाँचौं संस्करणको ‘झापा गोल्ड कप’ को सेमिफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा प्रवेश गरेको हो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा सातदोबाटोलाई जिताउन सुशील राई र निरज चौधरीले गोल गर्दा एपिएफलाई लागि दिपेश धिमालले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम ८ मिनेटमा तीनै गोल सम्भव भएको थियो। ८२औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरूआती अग्रता दिलाए। ८५औं मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रता दोब्बर बनाए। एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले गोल गर्दै अन्तरकम गरे पनि हारबाट जोगाउन सकेनन्।

सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।

मंगलबारको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टार क्लबबीच हुनेछ। संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने थ्रीस्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post गणेशमान सिंह फेन्सिङमा उपाधिमा
Next post एभर्टनमाथि टोटनहमको सानदार जित
Close