ला लिगाको दुई चरणको तालिका सर्वाजनिक, बार्साले मालोर्का र रियलले इबारसँग खेल्ने

कोरोना भाइरस महामारीका कारण रोकिएको स्पानिस ला लिगा ११ जुनदेखि फेरि सुरु हुँदैछ । त्यसका लागि ला लिगाको दुई चरणको खेल तालिका पनि सर्वाजनिक गरेको छ ।

ला लिगाका सर्वाजनिक गरेको २८ र २९औं चरणको तालिका अनुसार पहिलो चरणमा लिग लिडर बार्सिलोनाले रियल मालोर्काको सामान गर्ने छ भने रियल मड्रिडले इबारसँग खेल्ने छ । बार्सिलोना मालोर्काबीचको खेल १३ जुनमा हुने भने रियल र इबारबीचको १४ जुनमा हुने छ ।

११ जुनमा सेभिया र रियल बेटिसविरुद्धको खेलसँगै ला लिगाका सुरु हुने छ । १२ जुनमा गेटाफे र ग्रानाडा भिड्ने छन् भने १३ जुनमा भ्यालेन्सिया र लेभान्टे, स्पानियोल र अलाभेस, सेल्टाभिगो र भिल्लारियल तथा लेगानेस र रियल भालाडोलिग भिड्ने छन् । १४ जुनमै एट्लेलेटिको मड्रिडले एट्लेटिको बिल्बोओको सामाना गर्ने छ ।

यसैगरी अर्को चरणमो बार्सिलोनाले लेगानेससँग खेल्ने छ भने रियलले भ्यालेन्सिया तथा एट्लेटिकोले ओसासुनाको सामना गर्ने छ । ११ जुनदेखि लिग सुरु हुने निश्चित भएपछि स्पेन सरकारले क्लबहरुलाइृ पूर्ण प्रशिक्षणको अनुमति पनि दिएको छ ।

ला लिगामा जारी सिजनका ९ चरणका खेल बाँकी छ । कोरोना भाइरसका कारण ला लिगा ३ महिना स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *