सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

राष्ट्रिय लिगमा चर्च बोइजको जित, दोस्रो स्थानमा उक्लियो

चर्च बोइज युनाइटेड जारी राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ। बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सुर्खेतको कांक्रेविहार क्लबलाई २–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हाे।

चर्च बोइजको जितमा दुवै गनेल रिचर्ड कोफी विल्सनले गरे। कांक्रेविहारका लागि सुदेन विश्वकर्माले गोल गरे।

रिचर्डले खेलको सातौं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। ३९औं मिनेटमा उनले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ६६औं मिनेटमा सुदेनले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि त्यसपछि थप गोल हुन सकेन।

जितपछि चर्च ब्वाइजले ९ खेलमा २२ अंक भएको छ भने कांक्रेविहारले १ अंक मात्र जोडेको छ।

1.3Kशेयर