राष्ट्रिय लिग : संकटा क्लबले श्री भगवतीलाई हरायाे

12 Mar, 2026
Share:
117 Shares

राष्ट्रिय लिग फुटबलमा संकटा क्लब विजयी भएकाे छ।

बिहीबारको दोस्रो खेलमा संकटाले श्री भगवती क्लबलाई १-० ले हराएकाे हाे।

दशरथ रंगशालामा भएको खेलमा संकटाका लागि कृष्णबहादुर आलेले निर्णायक गाेल गरे। उनले खेलको ६९औं मिनेटमा गोल गरेका थिए।

जितपछि संकटाकाे १० खेलमा १३ अंक भएकाे छ भने श्री भगवतीकाे ८ अंक छ।