सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

डिफेन्डिङ च्याम्पियन काठमाडौं बाहिरियो, ललितपुर क्वालिफायरमा

मोरङ, १० पुस : नेता कोइराला-उद्घाटन मोरङको वुढीगङ्गा गाउँपालिकाका–२ सक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नव निर्मित भवनको मङ्गलबार उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला । तस्बिर : मनोज दाहाल/रासस

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स दोस्रो संस्करणको नेपाल सुपर लिगको एलिमिनेटरबाट बाहिरिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर सिटी एफसीसँग ३–०ले पराजित हुँदै काठमाडौं प्रतियोगिताबट बाहिरिएको हो।

अब ललितपुरले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित पोखरा थन्डर्ससँग खेल्नेछ। पोखरा सोमबार धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

ललितपुरलाई जित दिलाउन इमो इजेकेलले २ गोल गरे भने पापा इबोकेबेले १ गोल गरे। एनसएसएलमा ललितपुरले पहिलो पटक काठमाडौंलाई हराएको हो।

३६औं मिनेटमा इजिकेलको गोलमा ललितपुर सुरुआती अग्रता लियो। ४४ ‍औं मिनेटमा इबोकेबेले गोल गर्दै पहिलो हाफमा लतिलपुरलाई २–०को अग्रता दिलाए। ५२औं मिनेटमा इजिकेलले गोल गरेपछि ललितपुर ३–०ले विजयी भयो।

1.3Kशेयर